पितृसत्तात्मक सत्ताको उ नारी
समाल्नु नै छ सबै बच्चा घर बारी
परिवार घर जमाउनु छ जिम्मेवारी
तर होईन त्यो घरको उत्तराधिकारी
पुरूष प्रधान समाजको उ मात्र विचरी
राख्दैन नजिक पनि रूप रंग नहेरी

पुरुषलाई आम्दानीसँग जोड्ने यो सत्ता
तर घरमा कामको न छ तलब, न भत्ता
लोग्नेको कमाई जोगाउने उ खर्च घटाएर
लोग्नेको वंश बढाउने उ सारा दुखकष्ट हटाएर
घर जग्गा सम्पत्ति संरक्षण गर्ने भविष्य सम्झिएर
वृद्धावस्थामा लोग्नेको साथहरू कल्पिएर

पितृसत्तात्मक युगको पुरुषले भन्छ
हिसाब किताब त अब पैसाको हुन्छ
जब मन भरिन्छ के गरिस र तैले भन्छ
आफ्नो कमाइको एक-एक हिस्सा गन्छ
मेरो पसिनाको घर छोड भनी धम्की दिन्छ
मेरो वंश मलाई दे तेरो केही छैन घुर्की दिन्छ
पुरूष पसिनाको पैसा आउथ्यो र देखिन्छ
महिला पसिना दिनसँगै हराउछ रातमै घोलिन्छ
न हिसाबमा आउछ न कुनै दृश्यमा देखिन्छ

सम्मान समानताका कुरा गर्ने हरू
केही थान लुगा र गहनामा मख्ख पर्नेहरू
ए महिला अब अंशको लडाई रोज्नुपर्छ
सत्तामा अधिकार तिमीले खोज्नुपर्छ
जन्मदिनेसँग पैतृक सम्पत्तिमा दाबी गर
यो सत्ताको बागडोर हल्लाउन अब सुरू गर