
काठमाडौं । विश्वका २ सय ८ देशमा फैलिइसकेको कोरोना भइरसको संक्रमणले मानिसको ज्यान जाने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलिरहेको छ । विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण विश्वका एक चौथाइ मानिस घरिभत्रै बस्न बाध्य छन् ।
पछिल्लो अपढेट अनुसार भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय ३५ को पुगेको छ ।
विश्वभरमा १५ लाख १० हजार ८८ जना संक्रमित भएको पुष्टि भइकेको छ । संक्रमित मध्ये ३ लाख २९ हजार ६ सय ८९ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका करिब १२ लाखभन्दा बढीको स्वास्थ्य अवस्था खतरामुक्त नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसबाट सयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएको छ । अमेरिकामा अहिलेसम्म ४ लाख २७ हजार १ सय १ जना संक्रमित भएका छन् । त्यस्तै १४ हजार ६ सय ६८ जनाको संक्रमणबाट ज्यान गएको छ भने २२ हजार ३ सय १४ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । ९ हजार २ सय ३४ जना संघन रूपमा उपचार गराइरहेका विश्व स्वस्थ्य संगठनले जानकारी दिएको छ ।
अहिलेसम्म इटलीमा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म भाइरस संक्रमणबाट मृत्यु हुनेका संख्या १७ हजार ६ सय ९ पुगेको छ भने २६ हजार ४ सय ९१ जना उपचारपछि पूर्ण स्वस्थ भई घर फर्किएका छन् । उपचारमा रहेका संक्रमित मध्ये ३ हजार ६ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनमा ८१ हजार ८ सय २ जनामा संक्रमण देखिएकोमा ७७ हजार १२सय ७९ जना उपचारपछि पूर्ण स्वस्थ भइ घर फर्किएका छन् । ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएको चीनमा १ सय ८९ जना अझै गम्भीर अवस्थामा रहेको जनाइएको छ ।