वेलायती वैज्ञानिकहरुले कोरोना भ्याक्सिन ल्याउने तयारी

काठमाडौं – कोरोना भाइरसको भ्याक्सिन बनाउन बेलायतले तीव्रता दिएको छ । वेलायतमा अहिले गरिएको परीक्षणले पूर्णता पाए १० लाख डोजसम्म कोरोना भ्याक्सिन तयार गर्ने वेलायती वैज्ञानिकहरुले बताएका छन्।
आउदो सेप्टेम्बरभित्र कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने गरी काम भई रहेको बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिलबर्टमा उल्लेख छ ।
गिलबर्टका अनुसार ChAdOx1 प्रविधिका साथ भ्याक्सीनका १२ परीक्षण गरिसकिएको र क्लीनिकल ट्रायल पनि सुरु भइसकेको छ ।
उक्त परीक्षणले उत्कृष्ट परिणाम दिइरहेकाले आउदो सेप्टेम्बरभित्र १० लाख डोज भ्याक्सिन ल्याउने उनले दावी गरेकी छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस