कोरोना भाइरस : विश्वभर ३लाख १२ हजारको मृत्यु ,४७ लाख संक्रमित

४जेठ,काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरबाट विश्वभर ३ लाख १२ हजार ३सय ११ जनाको मृत्यु भएको छ
यो समाचार तयार पार्दासम्म विश्वका २सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १४ हजार ७५७ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये १८ लाख ९ हजार ७२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।
२५ लाख ९२ हजार ७२३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८४१ जनाको अवस्था गम्भीर छ ।
आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार ६७२ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार ८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५८ हजार २१८ पुगेको छ ।
यस्तै एसियाली मुलुकहरुमा २४ हजार २९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा २२ हजार ४०६ जनाको मृत्यु भएको छ । ४ लाख २४ हजार ५०२ जना संक्रमित भएका छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार ७२६ जनाको ज्यान गएको छ भने ८३ हजार २७६ जना संक्रमित छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६३८ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ५ हजार ६८४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस