९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १४८ जनाको मृत्यु भएको हो ।