विकासले फड्को मार्दै गरेको थबाङ

फाइल फाेटाे

८असार,रोल्पा । थबाङ गाउँपालिका नेपाल संघीयतामा गएपछि निर्मित ७५३ स्थानीय तहमध्ये एक हो।

साबिकको उवा, मिरुल र थबाङ गा.वि.स मिलेर थबाङ गाउँपालिका बनेको हो। भौगोलिक रुपले सुन्दर थबाङको राजनीतिक इतिहास पनि अनुपम छ।

राज्यको नजरमा सधै विद्रोही थबाङमा कम्युनिस्ट दर्शन, सिद्धान्त र आन्दोलनको गहिरो प्रभाव परेको छ। यो सधै उत्पीडन र शोषणविरुद्ध र समानतको पक्षमा आवाज उठाउँदै आएको एक नाम हो– थबाङ।

समानताको वकालत गर्ने थबाङमा देशको अन्य भू–भागका जस्तो जातीय विभेद छैन। राज्यको साशकीय अधिकार स्थानीय तहमा पुगेपछि थबाङ गाउँपालिका अहिले विकासको पथमा लम्किरहेको छ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस