भारतले टिकटक सहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो

१५असार, नयाँ दिल्ली । भारत सरकारले चीनका ५९ एप्समाथि सोमबार प्रतिबन्ध लगाएको छ।

प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो वन्डर क्यामेरासहित छन्। भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी एप्समार्फत प्रयोगकर्ताका विवरण चोरी भइरहेको आरोप भारत सरकारले लगाएको छ।

लद्दाखको गलानमा आफ्ना २० जना सैनिक मारिने गरी चिनियाँ सेनासँग भएको झडपपछि भारतले यी एप्सबाट देशको सुरक्षा र एकतामा पनि खतरा रहेको जिकिर गरेको छ।

यी हुन् भारतले प्रतिबन्धलगायका ५९ एप

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस