अमेरिकाद्वारा टिकटक र वी-च्याटमाथि प्रतिबन्‍ध

२३ साउन, वासिङ्टन । अमेरिकाले आगामी ४५ दिनभित्रमा टिकटक र वी(च्याटमाथि प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक र वी(च्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरिसकेका छन् ।

ट्रम्पले हस्ताक्षर गरेसँगै आगामी ४५ दिनभित्रै चिनियाँ भिडियो एप्स टिकटक र वी–च्याटमाथि प्रतिबन्ध लाग्‍नेछ । अमेरिकी राष्ट्रपतिले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितका लागि चिनियाँ भिडियो एप्स टिकटक र वी(च्याटमाथि प्रतिबन्ध लगाउने निर्णय आवश्यक रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले आदेशमा भनेका छन्, “राष्ट्रिय आपतकालको सामना गर्न अतिरिक्त कदम उठाउन अत्यन्तै जरुरी भइसकेको छ ।”

उनले अमेरिकामा चिनियाँ कम्पनीहरुले बनाएका मोबाइल एप्स फैलिँदा राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थ व्यवस्थामा खतरा पुगिरहेको पनि बताएका छन् । –बीबीसी

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस