रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मीना थापा पालिकाको न्यायिक समितिका संयोजक समेत हुन् । थापा निर्वाचित भए यता पालिकामा के कस्ता काम भए र त्यसको प्रभावकारिता कस्तो छ ? अनुगमन समितिको समेत नेतृत्व गर्ने भएकाले योजना र बजार अनुगमन बारेमा पनि हामीले जिज्ञासा राखेका छौं । साथै पालिकाको आगामि योजना र न्यायिक निरुपण लगायतका विषयमा केन्द्रित रहेर सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापासँग गरेको कुराकानी सारसंक्षेप :
हिजोआज केमा व्यवस्त हुनुहुन्छ ? कार्यकाल कसरी बितिरहेको छ ?
आर्थिक वर्ष २०८०/०८१ का कामकार्यलाई सम्पन्न गरी नयाँ आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गरी न्यायिक समितिका न्याय निरुपण, सम्पादन र केही भेटघाटका कार्यमा आफूलाई व्यस्त बनाएकी छु ।
तपाई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भैसकेपछि सम्पन्न कामबारे केहि बताइदिनुस् न ?
म उपाध्यक्ष पदमा निर्वाचित भएको करिब २७ महिनाको अवधिमा थुप्रै सुशासन, सामाजिक विकास र भौतिक विकासका कार्यहरु सम्पन्न भएका छन् ।
सुशासन तर्फ रोल्पा जिल्लामै पहिलो पटक कार्यविधि बनाई सार्वजनिक सुनुवाई गर्ने हाम्रो पालिका रहेको छ । सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीमा समन्वय, सहकार्य र एकरुपताका साथ सेवाप्रवाहमा सहजताका लागि हेल्पडेस्कको प्रयोग, कार्यालयमा स्तनपान कक्ष र सेफ हाउसको स्थापना गरिएको छ । सामाजिक विकास तर्फ विभिन्न जनचेतनामूलक कार्यहरु सम्पन्न भएका छन् ।
प्रत्येक विद्यालयमा बालविवाह, वहुविवाह र आत्महत्या विरुद्ध सम्बन्धि जनचेतनामूलक भिडियो तथा जनचेतनामुलक कार्यक्रमहरु ग्रिएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत प्रत्येक माध्यामिक विद्यालयमा मनोपरामर्श सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ । भौतिक विकासतर्फ पालिकाभित्रका केही विद्यालय भवन र वडा कार्यालय भवन सम्पन्न भएका छन् । हाम्रो प्रशासकीय भवन अब अन्तिम चरणमा निर्माणधिन अवस्थामा रहेको छ ।
गाउँपालिकाको नयाँ एजेण्डा के छ ?
गाउँपालिकाको नयाँए जेण्डाहरुमा सुशासन कायम गर्न, सेवाप्रवाहलाई चुस्त बनाउन लागि परेका छौँ । कृषिमा आत्मनिर्भर बनाई सक्षम जनशक्तिलाई रोजगारी सिर्जनागरी शिक्षामा गुणस्तरियता लिन र जनआकांक्षा पुरा गरि समृद्ध सुनिलस्मृति गाउँपालिका भनेर चिनाउनु रहेको छ ।
महिलाभएकै कारण नेतृत्वमा रहेर कामगर्दा के कस्ता चुनौती सामना गर्नुपरेको छ ?
महिलाभएको कारण आफुलाई नेतृत्वमा रहेर कामगर्दै गर्दा ठूलो चुनौती त खेप्नु परेको छैन । सबैभन्दा पहिलो कुरो त आफु समक्ष, इमान्दार, कर्तव्यनिष्ठ भै सबैको सम्मान सहित गुनासो सुनुवाई गर्न सकियो भने समस्या वा चुनौती भोग्न पर्दैन । तर पनि पितृसत्तात्मक युगको प्रभाव अर्कै भएका कारण पुरुष सरह महिला नेतृत्व र उसका निर्णयलाई स्वीकार्न हिचकिचाउनु समस्या देखिन्छ ।
गाउँपालिका मामहिला लक्षित के कस्ता कार्यक्रमहरु रहेका छन् ?
हामीले गाउँपालिकामा महिला लक्षित विभिन्न कार्याक्रमहरु गरेका छौँ । जस्तै उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत अतिविपन्न जनजाति र दलित एकल महिलाहरुका लागिव् यवसायिक योजना निर्माण र सामग्री अनुदान वितरण कार्यक्रम रहेका छन् ।
गर्भवती महिलाका लागि पोसिलो खानेकुराहरु वितरण, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाका लागि प्रोत्साहन लगायतका विभिन्न कार्यक्रमहरु ग्र्दै आएका छौँ । विशेष गरी लक्षित विपन्न वर्गका महिलाहरुको लागि लोक सेवा तयारी कक्षा सञ्चालन इत्यादी रहेका छन् ।
गाउँपालिकाको विकास र समृद्धिका लागि अझै के कस्ता कार्यक्रमहरु ल्याउनु पर्ला ?
गाउँपालिकाको विकास र समृद्धिको लागि अब सडक निर्माण तर्पmमात्र ध्यायन नदिई सामाजिक विकास तर्पm जनचेतनामूलक कार्यक्रममा बजेट विनियोजन गर्यौं भने सुशासन कायम भै पालिकाको समृद्धि सम्भव छ ।
संविधानले व्यवस्था गरे अनुसार तपाई न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । तपाई सामु कस्ता खालका उजुरीहरु आउछन् र ति उजुरीहरु कसरी फछ्र्यौट गर्नुभएको छ ?
हाम्रो संविधानले व्यवस्था गरे अुनसार म न्यायिक समितिको संयोजक पनि हो । न्यायिक समितिको संयोजकको रुपमा मैले न्यायिक निरुण गर्दा न्यायिक मनको प्रयोग गरी निष्पक्ष तरिकाले न्याय सम्पादन गरीरहेको छु ।
न्यायिक समितिमा आएको अधिकांश उजुरीहरु मेलमिलापका माध्यबाट समाधान गर्दै आएको छौँ । हामी कहाँ आर्थिक वर्ष २०८०/०८१ मा आएका उजुरीहरु ३४ वटा थिए । ३४ वटा उजुरी मध्ये ३० वटा उजुरी फछ्र्यौट गर्न सफल भएकाछौँ । भने ४ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।
तपाई नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । न्यायिक इजालसमा पार्टीको कत्तिकोे हस्तक्षेप हुन्छ ?
न्यायिक समितिमा हामीले कुनै पक्षपातपूर्ण नजरले मुद्दा हेर्दैनौ । म आफू माओवादी केन्द्रबाट निर्वाचित भएपनि निर्वाचित भएर उपाध्यक्ष पदमा रहदासम्म सबै दलको साझा हुँ ।
पदमा रहदासम्म सबै राजनीतिक दल र जनसमुदायको सेवामा निष्पक्ष भएर लागि रहेको छु र लाग्ने छु । न्यायिक इजालसमा पार्टीको कुनै पनि हस्तक्षेप रहेको छैन । न्यायिक इजालसमा रहेर कसरी काम गर्ने त्यो मेरो आफ्नो विवेकको कुरा हो ।
उपाध्यक्ष अनुगमन समितिको संयोजक पनि हुने व्यवस्था रहेको छ । अनुगमन चाहीँ चाडपर्वको बेलामा मात्रै हुने, तर प्रभावकारी हुन नसकेको गुनासो छ । अनुगमन किन प्रभावकारी हुन नसकेको हो ?
उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति कानूनमा रहेको छ । हाम्रो पालिकामा अनुगमन नितान्त समयमै भएका छन् । योजनाहरु समयमै सम्झौता र सम्पन्न भई समय मै भुक्तानी पनि भएका छन् । त्यस्तो चाड पर्वको बेला अनुगमन हुने गुनासो भएको जस्तो मलाई लाग्दैन । हामीले बजार क्षेत्रमा पनि समयसमयमा अनुगमन गरिरहेका छौँ ।
आगामी योजना के छ ?
आगामी योजनामा जनताका असिमित माग, चाहना र आकांक्षाको बीच सिमित साधन स्रोतले सबैतिर आवश्यकताका आधारमा विकास गर्ने र सुशासन कायम गर्ने रहेको छ ।
अन्त्यमा केहि छन् कि?
अन्त्यमा मेरो बिचार सम्प्रेषन गर्ने मौका दिनुभयो । त्यसको लागि विशेष धन्यवाद तथा आभार प्रकट गर्दछु ।