क्रान्ति आफै आउन्न
गाह्रो छ क्रान्तिकारी जन्माउन
गाह्रो छ यहा क्रान्तिकारी बन्न

सपना देखाएर दुर क्षितीजको
खाडल देखाएर दुई बीचको
चिनाइदिएर शाषकहरू तिमीलाई
बाडेर सपना समतामुलक अधीकारको
तिम्रो नकसिएको मुठ्ठी कसीला पार्छन् पनी
कसिएर उठ्न खोज्दा तल झार्छन पनी
मिठा मिठा बातहरूले मोहित पारी
अन्धभक्त बनाई छाड्छन कसै गरी
तिमी झुप्रोबाट माथी बिचारमा उठ्छौ
तिम्रो लास झुप्रो बाटै उठ्छ
जस्ले क्षितीज चुम्ने सपना बाड्यो
ऊ आफ्नै बार्तलीलाई क्षितीज हो भन्छ
बिचार गर,ऊसैले यहा उद्देश्यविहीन बनाउछ

क्रान्ति आफै आउन्न ,जान्दछु
पढीएका क्रान्ति साह्रै प्यारो छ मलाई।
आउ ती पढीएका क्रान्तिलाई जीवीत पारौ
चित्ररेखा कोरौ खेस्रा कोरौ
झुठ्ठा क्रान्तीका सपना बाढ्नेलाई ढलाएर छाडौ।

म हजार गुना प्रसवपिडा सहेर पनि
क्रान्तीकारी जन्माउन सकु
यो देश मा पनि क्रान्तिको दिप बाल्न सकु