पछिल्लो समय प्रविधिको तीब्र विकासले मानिसको जीवनयापन र दैनिकीमा अपत्यारिलो परिवर्तन गरिरहेको छ । समयको अन्तरालमा परेवाले कागज बोकेर सूचना आदान प्रदान गर्ने प्राचिनतम् प्रविधि कटवाले प्रथा, हुलाक सेवा, रेडियो, टेलिभिजन, टेलिफोन हुँदै इन्टरनेट तथा सामाजिक सञ्जालसम्म आइपुगेको छ । महिनौ लगाएर गरिने सूचना प्रवाह वर्तमान परिवेशमा आएर सेकेण्डमै सूचना प्रवाह गर्न सकिने भएको छ ।

पछिल्लो समय फेसबुक, ट्विटर, ह्वाट्सएप, इमो, टिकटक, स्काइप, इनिष्टाग्राम, यूट्युव जस्ता सामाजिक सञ्जालहरुले विश्वलाइ नै सोच्न बाध्य बनाएका छन् । सञ्चार क्षेत्रको यो तीब्रत्तर परिवर्तनले मानिसको दैनिकीमा समेत व्यापक परिवर्तन भएको छ, यद्यपि यसको प्रयोगमा देश विकासको अवस्था, प्रतिव्यक्ति आय, मानव विकास सूचकांक अनुसार फरक पर्नसक्छ तर धेरथोर विश्व, सूचना तथा सञ्चारको क्षेत्रमा प्रविधिमैत्री भइसकेको छ ।

सूचना प्रविधिको विकास सँगसँगै अन्य यन्त्र तथा वैज्ञानिक उपकरणहरुको विकासको गति पनि उस्तै छ । हामी हाम्रा पुर्खाबाट सुनिने जीवन भोगाइ र वास्तविकतालाई यतिखेर दन्ते कथाको उपमा दिइरहेका छौं, जुन इतिहासलाइ भुल्नै सकिँदैन । पछिल्लो समय युट्यूव र अनलाइन मिडिया इन्टरनेट प्रयोगकर्ताहरुको मुख्य निशानामा परेका सामाजिक सञ्जालका स्रोत हुन् ।

सूचना प्रविधिको विकास सँगसँगै अन्य यन्त्र तथा वैज्ञानिक उपकरणहरुको विकासको गति पनि उस्तै छ । हामी हाम्रा पुर्खाबाट सुनिने जीवन भोगाइ र वास्तविकतालाई यतिखेर दन्ते कथाको उपमा दिइरहेका छौं, जुन इतिहासलाइ भुल्नै सकिँदैन । पछिल्लो समय युट्यूव र अनलाइन मिडिया इन्टरनेट प्रयोगकर्ताहरुको मुख्य निशानामा परेका सामाजिक सञ्जालका स्रोत हुन् ।

सबैलाई मैले गलत विश्लेषन गरेँ भने यो विज्ञान र प्रविधि विरोधी अभिव्यक्ति हुनसक्छ तर केही युट्यूव र अनलाइन मिडियाहरु यतिखेर समाचारलाई बङ्ग्याएर अचार बनाउने देखि स्रोतलाई कपि गरेर सोत्तर बनाउनसम्म भ्याएका छन् । वास्तविकता भन्दा टाढा पुगेर स्रोत र समाचारलाई बङ्ग्याउने देखि ट्रोल बनाउनसम्म खप्पिस पछिल्लो यो जमातमध्ये अधिकांसले देशको विरुद्धमा विभिन्न गतिविधिहरु सहजै सञ्चालन गरिरहेका छन् ।

भाइरल बन्नकै लागि राष्ट्रियतामा आँच आउने अमानविय गतिविधिहरु गर्न समेत भ्याइ नभ्याइ छ यो जमातलाई । पछिल्लो उदाहरणका रुपमा जातियताको नाममा देशकै झण्डा जलाएको विषयलाई लिन सकिन्छ । राष्ट्रिय स्तरकै राजनीतिमा समयको अन्तरालमा भएको व्यापक परिवर्तनमा यी र यस्ता मान्छेहरुले उधुम परिवर्तनका लागि धुम मच्चाउन समेत भ्याए ।

पछिल्लो समयको उदाहरणका रुपमा सभामुख काण्डलाइ लिन सकिन्छ । रोल्पाको समग्र विकासमा तीब्र चासो दिइ रोल्पालाई विकासको पथमा डो¥याउने एक नायक पूर्वसभामुख महरालाई आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार जस्तो जघन्य अपराधको जवरजस्त आरोप लगाएर पदबाट बाहिरिन बाध्य पारियो । घटना र परिस्थितिलाई बङ्ग्याएर नानाथरीका पात्र सिर्जना गरी राजनीतिक जीवनमा गरेको यो प्रहार रोल्पा र रोल्पालीका लागि मात्रै नभएर समग्र राष्ट्रलाई नै आघात पुग्नसक्ने सम्भावनाको नजिक नजिक रहेको देखिन्छ, जुन एमसीसी प्रकरणले प्रष्ट पारिदिएको छ ।

राजनीतिमा जब अडान र राष्ट्रिय स्वार्थमा राजनीतिज्ञ दह्रो भएर लाग्दछ तब, उसको स–साना कमजोरीलाई हतियार बनाएर यी र यस्ता मान्छेहरु खुट्टा तान्न खप्पिस हुन्छन् । जसको पछिल्लो उदाहरणका रुपमा अछामको बाढी पीडितलाई राहत वितरण काण्डलाई लिन सकिन्छ । बगर छेउमा गरेको कार्यक्रमलाई पूरै धान बालीनै सखाप पारेजसरी समाचार आउनु राम्रो कुरो त पक्कै होइन तर पहिरो पीडितको कुरा सुन्न उत्तरतिर हेलिमा सिन्धुपाल्चोक हवाई उडान भरेका मन्त्री मुखभरी अघाउने तर पेट नभरिने जुठो आश्वासन मात्र बाँडेर फर्कंदा पीडित ती गरिब जनताको मन ननिभ्नेगरी सल्किएको आगोझैं भटभटी पोलेको चाँहि पक्का हो ।

सक्रिय र संघर्षशील राजनीतिमा सेकेण्ड समय नबिताएका अवसरवादी र चाप्लुसी प्रवृत्तिका मानिसहरुलाई ठमठमी बरिष्ठ राजनीतिकर्मीहरुले च्यापेर हिँड्दा सबथोक त्यागेर राजनीति भन्दै घरबार गुमाएका इमान्दार कार्यकर्ता टुल्टूली हेर्न विवश जस्तै छन् । यी सबै कुरा छोडौं, एक जमात छ –जो परिवर्तन चाहँदै चाहँदैन, परिस्थितिलाई यथास्थितिमै राखेर वर्तमानबाट अधिक भन्दा अधिक फाइदा बटुल्न चाहन्छ । यो जमात विकासप्रेमी, कुशल र इमान्दार नेतृत्वको सधैं पछि परिरहन्छ, मात्र एउटा सानो कमजोरीका लागि जुन यथार्थपरक हुँदैन ।

कुशल शासकलाई कमजोरी नामको हतियार प्रयोग गरी राजनीति समाप्त पारी दिन्छ र फेरी उसैले भन्छ, ‘राम्रो गर्नेको त देशमा काम नै छैन ।’ अझै थपेर भन्छ, ‘यो सतिले सरापेको देश हो, यहाँ राम्रो गर्नेलाई यसरी समाप्त पारिन्छ ।’

कुशल शासकलाई कमजोरी नामको हतियार प्रयोग गरी राजनीति समाप्त पारी दिन्छ र फेरी उसैले भन्छ, ‘राम्रो गर्नेको त देशमा काम नै छैन ।’ अझै थपेर भन्छ, ‘यो सतिले सरापेको देश हो, यहाँ राम्रो गर्नेलाई यसरी समाप्त पारिन्छ ।’

नानाथरिका गफ छाँटेर कुशल र सक्षम युवा जमातलाई विदेशिन बाध्य पार्ने यो जमातले देशलाई गर्नुसम्मको अवहेलना गर्दछ । यो देशमा केही छैन, यहाँ बसेर कामै छैन, यो देशमा कोही ठिक छैन, जस्ता नानाथरिका प्रवचनहरु बाँड्दै योग्य मान्छेलाई पलायन हुन बाध्य बनाउँछ । के साँच्चै देशमा केही छैन त ? देशमा केही ठिक नभएको भए उ र उसको मनोवृत्ति चाँहि कसरी ठिक भयो ?

देशका विरुद्धमा सबै गलत देखेर अरुहरुसामु प्रवचन बाँड्न आतुर देखिनेहरु नै यो देशका सबैभन्दा गलत प्रवृत्तिका मान्छेहरु हुन्, यिनिहरु सहिलाई गलत बनाएर गलत परिवेशमा सक्षम मानिसको विल्ला भिरेर समाजसेवी कहलिएर अमर रुपमा बाँच्न चाहन्छन् । प्रकृतिले भरिपूर्ण, बुद्धको जन्मभूमि, सगरमाथाको देश नेपाललाई सतिले सरापेको भन्दै सम्भावनाविमुख बनाउने भँडुवा मान्छेहरुलाई समयमै उचित स्थानमा थन्काउन जरुरी छ । तर तिनै खोक्रो विद्वानहरुले उच्च ओहदाका नेतापंक्तिलाई चाप्लुसीको पञ्जामा राखेका छन् । एउटा पक्ष सूचना सञ्चार तथा प्रविधिको भरपुर प्रयोग गरेर देशलाई दोष थुपारिदिने र अर्काेपक्ष यथार्थलाई बल गरेरै लुकाई राष्ट्रिय सम्पत्तिमा भरपुर रजाइँ गर्ने, यो प्रवृत्तिको अन्त्य नभएसम्म राज्यको व्यवस्था र संरचनामा परिवर्तन भएर मात्र समग्र देश परिवर्तन हुन्छ भन्ने खोक्रो आदर्शलाई स्वीकार गर्न सकिँदैन ।
(लेखक राजनीतिशास्त्रमा स्नातकोत्तर अध्यनरत हुनुहुन्छ ।)