
यहाँको तीनवर्षे यात्रा कस्तो रह्यो ?
त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि हामीले प्रस्तुत गरेका योजनाहरु मन पराएर नै जनताहरुले निर्वाचित गर्नुभएको हो । जनताको म्याण्डेट अनुसार हामीले कार्य सम्पादन गरिरहेका छौं । हामीले तात्कालिन र दीर्घकालीन योजना निर्माण गरी कार्य गरिरहेका छौं । त्रिवेणीलाई पूर्ण विद्युतीकरण गर्ने, जनतालाई स्वच्छ पिउने पानीको पहुँचमा पु¥याउन एक घर एक धारा, हरेक गाउँसम्म मोटर बाटो, हरेक विद्यालयमा अंग्रेजी शिक्षा प्रदान गर्नेलगायतका योजना प्रस्तुत गर्दै जनताको घरदैलोमा पुगेका थियौं । हाम्रा योजना र कार्यक्रमबाट प्रभावित भएर जनताहरुले हामीलाई म्याण्डेट दिनुभएको थियो । हामीले निर्वाचनमा क्रममा भनेझैं सामुदायिक र निजी विद्यालयलाई मर्ज गरेर हरेक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेका छौं । ८० प्रतिशत जनताको घरमा विद्युत र स्वच्छ पिउने पानी पु¥याएका छौं । हरेक गाउँलाई सडकसँग जोडेका छौं । हाम्रो कार्यकालमै गाउँपालिकालाई पूर्ण विद्युतीकरण र एक घर एक धाराको कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्यका साथ कार्यसम्पादन गरिरहेका छौं ।
गाउँपालिकाका ८० प्रतिशत जनतालाई विद्युतीकरण र स्वच्छ पिउने पानीको पहुँचमा पु¥याएको बताउनुभयो । यो कसरी सम्भव भयो ?
निर्वाचनमा होमिदा हामीले पूर्ण विद्युतीकरण र एक घर एक धाराको विषय उठाउँदा सबैले हाँसोमा उडाउने गर्दथे । रोल्पाजस्तो दुर्गम ठाउँमा पूर्ण विद्युतीकरणको कुरा सम्भव छैन भन्नेहरु धेरै थिए । गरे हरेक कुरा सम्भव हुन्छ भन्ने हामीले प्रमाणित गरिदिएका छौं ।
सबैभन्दा महत्वपूर्ण कुरा हामीले गाउँपालिकामा सुशासन कायम गरेका छौं । जिल्लाकै नमुना गाउँपालिका बनाउने अभियानलाई सार्थक तुल्याएका छौं । हरेक गाउँलाई सडक यातायातसँग जोडेका छौं । यसवर्षदेखि सडक कालोपत्रे गर्ने कार्यको थालनी गर्दैछौं ।
गाउँपालिकाको आन्तरिक वजेटबाट हामीले ८० प्रतिशत जनतालाई विद्युतीकरणसँग जोडेका छौं । ८० प्रतिशत जनातालाई स्वच्छ पिउने पानीको पहुँचमा पु¥याएका छौं । बाँकी घरलाई हाम्रै कार्यकालमै विद्युतीकरण र स्वच्छ पिउने पानीको पहुँचमा पु¥याउने हाम्रो लक्ष्य रहेको छ ।
विद्यालय मर्जको कुरा गर्नु भयो, कुन विधिबाट कसरी मर्ज सम्भव भयो ?
निर्वाचनको समयमा हामीले सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने प्रतिबद्धता गरेका थियौं । गाउँपालिकाभित्र रहेका सामुदायिक र निजी विद्यालयलाई मर्ज नगर्दासम्म यो सम्भव नहुने देखेपछि दुवै विद्यालयहरुसँग नियमित वार्ता, छलफल, संवाद ग¥यौं । मापदण्ड बनाएर मर्जको कार्यक्रम अगाडि बढायौं । निजी विद्यालयको नाममा रहेको घर जग्गा सञ्चालक समितिले बाँडफाँड गर्ने, डेक्स, बेञ्च लगायतका सामग्री सामुदायिक विद्यालयले खरिद गर्ने र निजी विद्यालयका विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षकहरुलाई समावेश गर्ने विषयमा सहमति जुटाएर निजी र सामुदायिक विद्यालयलाई मर्ज गरेका छौं । अब एउटा मात्रै निजी विद्यालय बाँकी छ । यसै वर्ष यो कार्य सम्पन्न हुन्छ ।
तीववर्षे कार्यकालका अन्य उपलब्धी के–के छन् ?
सबैभन्दा महत्वपूर्ण कुरा हामीले गाउँपालिकामा सुशासन कायम गरेका छौं । जिल्लाकै नमुना गाउँपालिका बनाउने अभियानलाई सार्थक तुल्याएका छौं । हरेक गाउँलाई सडक यातायातसँग जोडेका छौं । यसवर्षदेखि सडक कालोपत्रे गर्ने कार्यको थालनी गर्दैछौं । अधिकांश गाउँ सडक यातायातबाट बञ्चित भएको गाउँपालिकामा कालोपत्रे सडक निर्माणको कार्य सुृरु गर्दैछौं ।
सबै अधिकार जनतामाझ पु¥याउने हाम्रो प्रयास रहेको छ । तीनवर्षे कार्यकालमा हाम्रोतर्फबाट भएका कामहरुको समीक्षा गर्ने वा टिप्पणी गर्ने पूर्ण अधिकार त यहाँका जनतामा नै छ । हामीहरुलाई थाहा छ, हामीहरु जनताका प्रतिनिधि हौं । त्रिवेणी गाउँपालिकाले गर्ने सबै काम जनमैत्री भइरहेका छन् र हुन्छन् ।
घण्टौं हिडेर खोला, खाल्डाको पानी लिएर जीविकोपार्जन गर्नुपर्ने बाध्यताबाट जनताहरुलाई मुक्त बनाएका छौं । गाउँपालिकाभित्रै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सुरु गरेका छौं । सञ्चारको पहुँच जनतासम्म पु¥याएका छौं ।
त्रिवेणी गाउँपालिकामा कोरोना भाइरस संक्रमणको त्रास कस्तो छ ?
कोरोना भाइरस (कोभिड–१९) को त्रास गाउँ–गाउँसम्म स्वभाविक रुपमा फैलिएको छ । तर, गाउँपालिकाका विभिन्न संयन्त्रमार्फत् बस्ती–बस्तीसम्म सचेतना फैलाउने काम पनि गरी नै रहेका छौं । त्रिवेणीका जनतामा उत्पन्न कोभिड–१९ को त्रास कम गर्ने पहिलो अभियान जारी नै छ । दोस्रो कुरा स्वास्थ्य संस्थामार्फत् टोल–टोलमा स्वास्थ्यकर्मीहरु खटिनुभएको छ । गाउँपालिकामा स्वास्थ्य सामग्रीको अहिलेसम्म अभाव छैन ।
के त्रिवेणी गाउँपालिकाका जनताले सिंहदरबारको अधिकार घरदैलोसम्म आएकोे महसुस गर्न पाएका छन् ?
संघीयताको प्रयोग गर्ने पहिलो जनप्रतिनिधि हामी भएकाले हामीमाझ यो चुनौति थियो । जनताहरुलाई अधिकार सम्पन्न बनाउने। घरदैलोमै अधिकार उपलब्ध गराउने कार्यमा हामीलाई धेरै चुनौति थियो । यद्यपि यहाँका जनताहरुले अधिकार घरदैलोमै पाएको महसुस गर्नुभएको छ । सकेसम्म सबै अधिकार जनतामाझ पु¥याउने हाम्रो प्रयास रहेको छ । तीनवर्षे कार्यकालमा हाम्रोतर्फबाट भएका कामहरुको समीक्षा गर्ने वा टिप्पणी गर्ने पूर्ण अधिकार त यहाँका जनतामा नै छ । हामीहरुलाई थाहा छ, हामीहरु जनताका प्रतिनिधि हौं । त्रिवेणी गाउँपालिकाले गर्ने सबै काम जनमैत्री भइरहेका छन् र हुन्छन् ।
प्रदेश सरकारले सन् २०२२ सम्ममा खानेपानीको एक घर एक धाराको नीति ल्याएको छ । यसतर्फ कतिको लाग्नु भएको छ ?
प्रदेश सरकारले ल्याएको नीतिलाई हामीले कार्यान्वयन गर्दैछाैँ । आजसम्म आइपुग्दा त्रिवेणीका ८० प्रतिशत जनताको घरसम्म धारा पु¥याएका छौं । प्रदेश सरकारले घोषणा गरेको समय अगावै हामी यसको नतिजा हासिल गर्नेछाैँ ।
आगामी निर्वाचनमा जनताले यहाँलाई कुन भूमिकामा देख्न पाउँछन् ?
हामी जनताका नोकर हौं । जनताको सेवा गर्नका लागि हामी निर्वाचित भएका हौं । समाज परिवर्तन गर्ने अभिलाषाले राजनीतिबाट होमिएको हुँ । मेरो स्थान जनताहरुले निर्धारण गर्ने कुरा हो । जनताले मलाई जुन भूमिका दिनुहुन्छ–म त्यही भूमिकामा रहनेछु ।