१. नेपालको जलवायु/हावापानीलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? संक्षेपमा लेख्नुहोस् ।

उत्तरः कुनै ठाउँको प्राकृतिक वातावरणलाई त्यस ठाउँको हावापानी भनिन्छ । नेपालमा भूमध्यरेखीय क्षेत्रमा बस्ने बासिन्दा देखि धु्रवीय क्षेत्रमा बसोबास गर्ने बासिन्दासम्मलाई सुहाउँदो अनुकुल हावापानी पाईन्छ । नेपालको भू–वनोटको आाधारमा यहाँको हावापानी÷जलवायुलाई निम्न पाँच भागमा बाँड्न सकिन्छ :

–उपोष्ण/उष्ण प्रदेशियहावापानीः
समुद्री सतहबाट १२०० मिटरसम्मको उचाईमा रहेको होचो समथर भावर, दुन, भित्री मधेस, टार, बेसी, खाँेच जस्ता ठाउँमा यो हावापानी पाईन्छ । यो हावापानी पाईने क्षेत्रको तापक्रम सरदर १५ डिग्री देखि ४० डिग्री सेल्सीयससम्म हुने गर्दछ, भने यस क्षेत्रमा सरदर बर्षा २०० सेन्टिमिटरसम्म हुन्छ । यो क्षेत्रको कतिपय स्थानमा ग्रिष्म ऋतुमा लु चल्दछ, भने हिउँदमा सितलहर चल्ने गर्दछ ।

–न्यानो समसितोष्ण हावापानीः
समुदी्र सतहदेखि १२०१ मिटरदेखि २१०० मिटरसम्मको उचाईमा चुरे क्षेत्रको माथिल्लो भाग तथा महाभारत क्षेत्रको तल्लो भागमा यो हावापानी पाईन्छ । यस क्षेत्रको तापक्रम ग्रिष्ममा सरदर २४ डिग्री देखि ३० डिग्री सेल्सियससम्म रहन्छ, भने हिउँदमा ० डिग्रीसम्म ओर्लिन्छ । ग्रिष्ममा यस क्षेत्रमा १२५ से.मि.सम्म बर्षा हुन्छ । यो हावापानी पाईने क्षेत्र मनोरम र स्वस्थकर रहेको छ ।

–ठण्डा समशितोष्ण हावापानीः
समुद्री सतहबाट २१०१ मिटरदेखि ३३०० मिटरसम्मको उचाईमा रहेको महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाली क्षेत्रको तल्लो भागमा यो हावापानी पाईन्छ । यस क्षेत्रमा ग्रिष्ममा तापक्रम १५ डिग्री देखि २० डिग्री सेल्सियससम्म रहन्छ, भने जाडो याममा ० डिग्री भन्दा तलसम्म पुग्ने गर्दछ । गर्मी याममा बर्षा १०० से.मि.सम्म हुन्छ भने न्युनतापक्रम र न्युन वर्षाको कारणले खेतिपाती अन्यन्तै कमहुने गर्दछ ।

–लेकाली हावापानीः
समुद्री सतहबाट ३३०१ मिटरदेखि ५००० मिटरसम्मको उचाईमा यो नेपालको उत्तरी खण्डको हिम रेखा भन्दा तलको भू–भाग र हिमाली उपत्यका नै लेकाली हावापानी पाईने मुख्य क्षेत्र हो । यहाँ ग्रिष्ममा १० डिग्री देखि १५ डिग्री सेल्सियससम्म र जाडोमा ० डिग्री भन्दा तलसम्म पनि तापक्रम पुग्ने गर्दछ । यहाँ वर्षभरीमा वर्षा करिब ४० से.मि.सम्म मात्र हुने गर्दछ । वर्षको झण्डै तिन चौथाई समय यो क्षेत्र हिउँले ढाकिएको हुन्छ ।
–ध्रवीय /हिमाली/टुन्ड्रा सुख्खा हावापानीः
समुद्री सतहबाट ५००१ मिटरभन्दा माथि सधै हिउँले ढाकेको क्षेत्रमा यो हावापानी पाईन्छ । वर्षा नगन्य हुने भएता पनी यो क्षेत्रमा हिम वर्षा हुने गर्दछ । मध्याहन पछि यस क्षेत्रमा जोडदार हावा बहने भएकाले धेरै समय ठण्डा हुन्छ ।

समग्रमा नेपालमा विश्वमै विविधतायुक्त हावापानी पाईन्छ । धु्रवीय क्षेत्रमा बस्ने बासिन्दा देखि भू–मध्यरेखीय क्षेत्रमा बस्ने बासिन्दासम्मलाई सुहाउँदो हावापानी भएकाले नेपालको हावापानी मानव बसोबासका लागि अनुकुल रहेको छ ।

२. नेपालको हावापानीलाई प्रभाव पार्ने तत्वहरु लेखी नेपालमा पाईने हावापानीको मुख्य विशेषताहरु लेख्नुहोस् ।

उत्तरः नेपालको हावापानीलाई मुख्यतया नेपालको भू–स्वरुप, धरातलीय उचाई, सामुद्रीक दुरी, वन जंगलको स्थिती र पर्वतको मोड तथा घुमावले प्रभाव पार्ने गर्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

क. नेपालको भू–स्वरुपः
भू–स्वरुप, जमिनको वनोट तथा ढालको कारणले गर्दा एउटै उचाईमा रहेका स्थानमा पनि हावापानीमा विशेषता पाईन्छ ।

ख.धरातलीय उचाईः
नेपालको सबैभन्दा होचो भू–भाग धनुषाको मुसहरनीया करिब ५९ मिटरदेखि सबैभन्दा अग्लो सगरमाथा ८८४८.८६ मिटरसम्मको उचाई भएकाले उचाई अनुसार हावापानीमा विविधता पाउन सकिन्छ ।

ग. सामुद्रीक दुरीः
सामुद्रिक दुरीको हिसाबले हेर्दा समुद्रसँग नजिक हुने ठाउँको हावापानी निकै ठण्डा तथा निकै गर्मि र समुद्रसँग टाढा हुने ठाउँमा हावापानी सामान्य हुन्छ ।

घ. वन जङ्गलको स्थितीः
वन जङ्गल, नदिनाला, हिमाल पहाड लगायतका कारणले हाम्रो हावापानीमा विविधता छ ।

ङ. पर्वतको मोड तथा घुमावः
पर्वतको उपस्थितीले नेपालको हावापानीलाई प्रभाव पारेको छ ।

नेपालमा पाईने हावापानीको विशेषतालाई निम्नानुसार प्रस्तुतगर्न सकिन्छः

–उचाईको आधारमा हावापानी निर्भर हुने,
–धरातलीय उचाईको आाधारमा पाँच प्रकारको हावापानी पाईने,
–जैविक विविधताको प्रचुरता रहेको,
–भू–मध्यरेखीय देखि धु्रवीय क्षेत्रसम्मको विविध हावापानीको नमुना,
–मनसुनी हावापानी पाईने,
–हिमालयको उचाईबाट प्रत्यक्ष प्रभावित हावापानी,
–ग्रिष्म कालिन र सित कालिन गरी २ प्रकारको मनसुनी जलवायु पाईने,
–नेपालको हावापानीले भारतीय उष्ण हावापानी र तिब्बती सुस्क हावापानीलाई छुट्याउने,
–तराईमा गर्मी याममा बढी गर्मी र जाडो याममा बढी जाडो हुन्छ,
–पहाडी प्रदेश जैविक दृष्टिले अनुकुल,
–पूर्वी क्षेत्रबाट पश्चिम तर्फ वर्षा क्रमशः घट्दै गएको छ,
–नेपालमा खास गरी पर्वतीय वर्षा हुने गर्दछ,
–नेपालमा खास गरी ग्रिष्म कालिन मनसुनी वायुले असार साउन र भाद्र महिनामा वर्षा गराउने गर्दछ ।

नेपाल भौगोलिक रुपमा विविधतायुक्त मुलुक भएकाले यहाँको हावापानी पनि भौगोलिक स्वरुप जस्तै विविधतायुक्त रहेको छ । छोटो दुरीमा समेत हावापानीमा तिव्र भिन्नता पाउन सक्नु नेपालको हावापानीको मुख्य विशेषता हो ।


याे पनि :

लोकसेवा टिप्स (विषयगत प्रश्नोत्तर)

लोकसेवा टिप्स (वस्तुगत प्रश्नोत्तर)