तस्बिरः नविन लाेचनमगर
७ जेठ,रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना संक्रमित निको भएका छन् । योसँगै रोल्पामा हालसम्म ७५ जनाले कोरोना जितेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार


