श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

२३जेठ,काठमाडौं । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

३० वर्षीय पति पंकज गुप्ताको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा पंकजको मृत्यु खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस