पल शाहले पाए सफाइ

फाइल फोटो

३माघ, काठमाडौँ । अभिनेता पल शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको हो ।

शाहमाथि नाबालिका बलात्कार गरेको आरोप लागेको थियो । उक्त अभियोगमा दाबी नपुगेको भन्दै जिल्ला अदालत तनहुँका न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो ।

शाहसँगै उनका म्यानेजर कृष्ण जोशीले पनि सफाइ पाएका छन् । शाहमाथि तनहुँ जिल्ला अदालत र जिल्ला अदालत नवलपरासी पूर्वमा बालिका बलात्कारको मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बाल यौन दुर्व्यवहारको आरोपमा २ वर्ष ६ महिना जेल सजाय सुनाउँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस