रोल्पामा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु (फोटोफिचर)

रोल्पाको लिबाङमा शनिबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ । जिल्लाको दशवटै स्थानीय तहबाट छनौट भइआएका माध्यमिक तहका विद्यालयहरु रनिङशिल्डमा प्रतिष्पर्धा गर्दैछन् । लिबाङ टुँडिखेलमा भइरहेको शिल्डको प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे ।

जिल्ला खेलकुद विकास समितिको आयोजना रहेको रनिङशिल्डको अध्यक्षता मोलङ घर्तीमगरले गरेका थिए भने प्रदेश सांसदहरु जोखबहादुर महरा र दिपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)सहित गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा उद्घाटन गरिएको छ ।
हेर्नुस् केही तस्बिरहरुः

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस