तौल घटाउनका लागि पानीपुरी !

पानीपुरीको स्वाद मन नपराउने त सायदै होलान।

पानीपुरी देशको सबैभन्दा मनपर्ने स्ट्रिट–फुडमध्ये एक हो। धेरैजसो व्यक्ति तौल घटाउन तथा कडा डाइट प्लानका कारण पानीपुरी खाने गर्दैनन्।

तर, सुन्दा अचम्म लाग्न सक्छ, पानीपुरीको सेवनले तौल बढाउने नभएर तौल घटाउने गर्छ। पानीपुरीले शरीरको अत्यधिक बोसो कम गर्न मद्दत गर्छ।

पानीपुरीमा क्यालोरीको मात्रा ३६ हुन्छ। एक प्लेट पानीपुरी खानाले शरीरले दुई सय १६ क्यालोरी पाउँछ।

पानीपुरी मोटोपना भएका व्यक्तिहरूका लागि स्न्याकको स्वस्थ विकल्प हुनसक्छ।

यदि डाइटमा भएको बेला वा छिटो तौल घटाउन चाहने मानिसले एक प्लेट पानीपुरीको सेवनले तौल घटाउन मद्दत गर्छ। पानीपुरीमा प्रयोग हुने पानी एकदमै अमिलो र पिरो हुन्छ।

पानीपुरीको सेवन गरेपछि केही घण्टासम्म भोक लाग्दैन। यो एक स्वादिष्ट खाजा हो जसले तौल घटाउन मद्दत गर्छ।

तर, पानीपुरी खाँदा दैनिक व्यायाम गर्ने र दैनिक हिँड्नुपर्छ। साथै, बजारमा पाइने पानीपुरीभन्दा पनि घरमै सफा र स्वस्थ तरिकाले पानीपुरी बनाएर सेवन गर्न सकिन्छ।

घरमा बनाइएको पानीपुरीमा प्रयोग हुने पानी पनि स्वस्थका लागि फाइदाजनक हुन्छ।

पुदिना, हिङ र जिरा राखेर बनाइएको पानीले पाचनमा मद्दत गर्छ । यसमा प्रयोग हुने धनियाले पनि फाइदा गर्छ।

पानीले मात्र पनि पेटको दुखाइ, एसिडिटीको समस्या नियन्त्रण गर्न सक्छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस