हरेक सम्बन्ध र हरेक व्यक्तिको व्यक्तित्व भिन्न भिन्न हुन्छ। सम्बन्ध र स्वास्थ्यको तालमेल एक–आपसमा उल्झिएको छ।
विभिन्न अध्ययनले विवाहितको तुलनामा अविवाहित मानिस बढी खुसी हुने देखाएको छ। त्यसैले आउनुहोस् चर्चा गरौँ, एक्लै बस्नुका फाइदाबारे।
विशेषज्ञका अनुसार यस्ता धेरै मानिसहरु छन् जो सिंगल बस्दा पनि निकै खुसी हुन्छन् र जीवनलाई खुलेर बाँच्छन्। मानिसले उनीहरुबारे के सोच्छन् भनेर उनीहरुलाई मतलबै हुँदैन। उनीहरु एक्लोपनमा रमाउछँन्।
अमेरिकन कलेज अफ कार्डिओलोजीको एक अनुसन्धान अनुसार विवाहित व्यक्तिको तुलनमा सिंगल व्यक्तिमा मुटु रोगको खतरा पाँच प्रतिशत हुन्छ।
एक्ला व्यक्ति पैसा कम कमाउँदा पनि खुशी हुन्छन् जबकी विवाहित व्यक्ति कम पैसामा खुशी हुदैँन्।
स्वास्थ्य विज्ञका अनुसार विवाहितको तुलनामा एक्ला व्यक्ति आफ्नो स्वास्थ्यमा बढी ध्यान दिन्छन्। उनीहरु समयमा व्यायाम गर्छन्, स्वस्थ खानेकुरा खान्छन् र आफ्नो जीवनशैली पूर्ण रुपमा सही राख्छन्।
विवाहित व्यक्तिको तुलनामा एक्ला व्यक्ति कम तनाव लिन्छन् र जीवन खुलेर बाँच्छन्। सन् २००५ को मिशिगन विश्वविद्यालयको एक शोध अनुसार विवाहित व्यक्तिको तुलनमा एक्ला व्यक्ति घरको काम कम गर्छन्।