
१५जेठ,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाएको छैन तर कर्मचारीको १ लाख रुपैयाँको कोरोना बीमा भने गराइने जनाइएको छ । भत्ता वा तलबका नाममा प्रत्येक वर्ष सरकारी सेवाको सुविधा वृद्धि गरिने गरे पनि यस वर्ष भने तलब र भत्ता दुवै नबढाइएको हो ।
चालू वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाएको थियो । कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको थियो । सरकारले ३ वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो ।
यसअघि सरकारले २०७३ सालमा कर्मचारीको तलब बढाएको थियो । सरकारले महँगी भत्ता, पोसाक सुविधा र जीवन बीमालाई भने यथावत् राखेको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार