राष्ट्रपति कार्यालयमा पूराना फालेर एक करोडको नयाँ गलैँचा राखिँदै

१९जेठ,काठमाडौं । राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ ।
तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३० ३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।
राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ ।
राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ ।
हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको बताइन् ।
कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस