अधिभूतवादले परिघटना (Phenamena) लाई उसको एकता र अन्तरसम्बन्धको परिप्रेक्षमा देख्दैन । बरु यसलाई अलग थलग गरेर incoherent र rationless ढंगबाट देख्दछ । विषयवस्तुको अध्ययन पारस्परिक सम्बन्ध र अन्तरकृयाबाट अलग गरेर हेर्दछ । अधिभूतवाद (Metaphysics) जडशुत्रतालाई आफ्नो वैचारिकी मान्ने तर गतिशीलता, नयाँ घटना प्रक्रिया र परिवर्तनको सम्भावनालाई अस्वीकार गर्ने कार्य हो ।

अधिभूतवाद (Metaphysics) एक दर्शन हो जसले विषयलाई समग्रतामा हैन, तथ्य प्रमाणाहैन र वास्तविक घटनामा हैन, र वास्तविक घटनामा हैन, बरु एकांकी, आफुखुशी, आत्मगत ढंगले र आंशिक ढंगले विश्लेषण गरेर एउटा सम्भावित परिणाम पेश गर्दछ जसको वास्तविक घटनाक्रमसँग कुनै संगति हुँदैन ।

अधिभूवादले ontology अस्तित्वको बारे व्याख्या गर्ने, cosmology ब्राह्माण्डको व्याख्या गर्ने तर त्यो व्याख्याको आधार Epistemology अर्थात् मानवीय सम्बन्ध र विश्वासलाई बनाउने अर्थात् त्यसैलाई ज्ञान र विज्ञान मान्ने गर्दछ । अधिभूतवादबारे यति व्याख्या गरिसकेपछि मोहनविक्रम सिंहले पार्टीको हालको नेकासम्बन्धी टृष्टिकोणलाई अधिभूतवादीहरुले गलत व्याख्या गरिएको भन्दै ३० जेष्ठमा युगदर्शनमा प्रकाशित “नेकाको हौवा वा प्रतिगमनको सेवा”भन्ने लेख तर्फ लागौ ।

प्रतिगमन ( Regression) भन्नाले पछाडि फर्कनु, उल्ट्याउनु वा राजनीतिक प्रयोगमा पुरानो व्यवस्थालाई फर्कनुलाई प्रतिगमन भन्न सकिन्छ । केपी ओलीले पनि संवैधानिक व्यवस्थालाई थिचोमिचो गरेको, नयाँ निर्वाचनको सुनिश्चिता विना संसद विघटन गरेको वा संसदबाट गर्नुपर्ने गतिविधीलाई कार्यकारी आदेशबाट चलाउन खोजेको जस्ता कारणबाट उनका कदमहरु प्रतिगामी हुन भन्न सकिन्छ । त्यस्तै उनले आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपलाई आमन्त्रण गर्ने, सिमा विवाद कायमै रहँदा विवाद समाधान भएको बताउने वा अवाञ्छित गतिविधि र भेटघाट जारी राख्ने कारण उनले राष्ट्रघातको श्रृंखलालाई अघि बढाएको पनि देख्न सकिन्छ ।
तर नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र अन्य राजावादी शक्तिहरु हिजो वा आज नेपाली राजनीतिमा अवतरीत शक्तिहरु होइनन् । यिनीहरुबारे हामीले स्थापना कालदेखि नै धारण निर्माण गरिरहेका छौं ।

यिनीहरु मूलतः संसदवादी शक्तिहरु हुन् यी शक्तिहरुले सत्ता स्वार्थका लागि एक अर्कासँग भिन्न भिन्न समयमा सबै Combination हरुको उपयोग गरिसकेका छन् । अर्थात् यी चार शक्तिले आफूहरुलाई १६ पटक परिभाषित गरेर सत्ताको स्वाद चाखिसकेका छन् । त्यसमा मधेशवादी सहितलाई समेत समावेश गरी अन्य थप संयोग पनि यस अघि नै निर्माण भइसकेका छन् ।
यस प्रकारको पृष्ठभूमिमा राष्ट्रिय जनमोर्चा २०७२ सालको केपी वली सरकारमा त्यस्तै थप एक परिभाषा गर्दै अर्को संयोग निर्माण गरी सहभागी भयो । त्यतिबेला एमाले, माके र राप्रपा सहित हाम्रो पार्टी र अन्य साना पार्टी समेत सरकारमा सहभागी भई केपी ओलीलाई राष्ट्रवादको प्रतिक बनाउन पनि उल्लेखनीय भुमिका निर्वाह गर्न क। चित्रबहादुर केसी समेतको व्यक्तित्वको प्रयोग भयो । पार्टीले राष्ट्रियता जोगाउन र भारतीय हस्तक्षेपका विरुद्ध मोर्चाबन्दी गर्न सरकारमा सहभागी भएको नयाँ भाष्य जारी गर्यो । माथिको अधिभूतवादको परिभाषालाई ध्यान दिने हो भने यो भाष्य नै अधिभूतवादी भाष्य थियो । किनकी विषयलाई समग्रतामा हेरिएन, केपी ओलीको संसदवादी चरित्र अनुसार मत प्रभावित गर्न निर्माण गरिएको राष्ट्रवादको मुखुण्डोलाई राष्ट्रवादी भाष्यमा बदल्नु नै भौतिकवाद (Physics)को विरोधी अधिभूतवाद (Metaphysics)थियो ।

त्यसैगरी २०७४ को आम निर्वाचनमा माओवादी र एमाले जस्ता ठूला दलहरुले पार्टी एकता सहितको चुनावी तालमेलको संकल्प गरे । त्यो त्यसबेलाको संसदीय अंकगणीतमा माओवादी र कांग्रेसको गठबन्धन सरकार र गठबन्धन नै चुनाव हुँदा आउने परिणामको भयबाट सिर्जित एकता थियो भने अर्कोतर्फ नेपाली कांग्रेस र राप्रपा समेतले तालमेल गर्ने कुरा चल्यो, त्यतिबेला नेकपा (मसाल) ले नयाँ भाष्य सिर्जना ग¥यो । त्यो थियो “राजावादी सहितको नेकाको गठबन्धनबाट गणतन्त्र र धर्म निरपेक्षतालाई खतरा उत्पन्न भएकोले सो उपलब्धीलाई रक्षा गर्न समेत वाम गठबन्धनसँग चुनावी सहकार्य गर्ने” जबकी त्यतिबेलाको संसदीय गणितमा दुई ठूला शक्ति एक भएपछि बाँकी रहेका शक्तिसँग चुनावी तालमेल गर्नुपर्ने कांग्रेसको बाध्यता थियो । त्यसका बाबजुत केपी ओलीले स्वंय आफनो निर्वाचन क्षेत्रमा राप्रपासँग तालमेल गरेका थिए । यसर्थ कुुनै तथ्य प्रमाण वा ठोस र भौतिक आधारविना रचना गरिएको, विषयलाई आंशिक रुपमा टिपन टापन गरिएको यो भाष्य समेत अधिभूतवादी भाष्य नै थियो ।

२०७४ को आम चुनाव यता पार्टीले यस सरकारलाई र स्वयं नेकपा गठन समेतलाई जुन प्रकारले व्याख्या गर्दै गयो त्यसले पार्टीका कार्यकर्ताहरुमा अधिभूतवादी ढंगबाट राजनीतिक शक्तिलाई हेर्ने दृष्टिकोण बढेर गयो यसको कारण पार्टीको अधिभूतवादी चिन्तन प्रणाली नै थियो भन्ने आधार माथिका तथ्यहरुले देखाउँदछ । पार्टीले अहिले मूलतः केपी ओली सरकारको विरुद्ध आफुलाई उभ्याएर सही कार्यदिशा नै लिँदा समेत कार्यकर्तामा देखिएको यथास्थिस्तिमा रहने गुण को वैज्ञानिक कारणले पनि उनीहरुले विरोध गरेका वा ओली पक्षीय सरकारको पक्षपोषण गरेका हुन सक्छन् ।

अर्कोतर्फ पार्टीले भौतिकवादी बाटो छोडेको र यो घटनाक्रमलाई समेत पार्टीले अवसरवादी उपयोग गर्न खोजेको अर्थात आगामी निर्वाचनमा नेकासँगको तालमेललाई सही बनाउने अधिभूतवादी भाष्य सिर्जना गर्न खोजेको आशंकामा समेत ओलीको गलत, स्वेच्छाचारी र प्रतिगामी कदमको विरुद्धमा आफुलाई उभ्याउँदा समेत तमाम क्रान्तिकारी कार्यकर्ताले विश्वास नगरेको हुन सक्छ । अर्कोतर्फ पार्टीभित्र विचार संघर्षमा सामेल भएका, लामो र निस्वार्थ संघर्षमा रहेका कमरेडहरुलाई दुश्मन, दुश्मनका एजेण्ट, खुफियाका सहयोगी जस्ता लाञ्छना स्वयं महामन्त्रीले सजिलै लगाउनु भएको छ ।

आफ्नो विचार समुहमा नभएकै कारण निर्वाचित समितिहरुलाई भंग गर्ने, अप्रमाणित आरोपहरु सिर्जना गर्ने, विधान र पद्दति विरुद्ध कार्यकर्ताहरु माथि अत्याचार गर्ने कार्य समेत भौतिकवादीको विपरीत अधिभूतवाद नै हो ।

हामीले नै समर्थन गरेर बनेको सरकार, हामीले नै सिर्जना गरेको राष्ट्रवादी चरित्रको मानक ओली सरकार यही संसदको कार्यकालमा नै क। मोहन विक्रम सिंहले उक्त लेखमा “ओली सरकारले स्पष्ट रुपमा प्रतिगमन र राष्ट्रघातको बाटो समोतको छ ।

यसलाई प्रतिगामी राजावादीहरुले समेत स्वागत गरेका छन्” भनेर विश्लेषण गर्नुपर्ने ठाउँमा पुगेको छ । पार्टीका दस्तावेशमा भएको मित्रशक्ति एकाएक प्रतिगामी र राष्ट्रघाती बन्दा पनि सायद कार्यकर्ताहरुलाई यो पनि भौतिकवाद नभई अधिभूतवाद हो कि भन्ने लाग्नु स्वभाविक हुन सक्छ ।

पार्टीको निर्णय नमान्ने कार्यकर्तालाई पार्टीले कार्वाही गर्नु एक प्रकारले सही नै हो तर उक्त लेखमा नीति र इमान्दारीताको रक्षाको लागि समेत कृष्ण थापालाई कार्वाही गरेको उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा अब बनेको सरकारले एक पटक विश्वासको मत हासिल गरेपछि वा नियुक्त भैसकेपछि आगामी निर्वाचनसम्म समेत कायम रहन्छ ।

त्यस्तो परिस्थितिमा निर्णायक शक्ति राष्ट्रिय जनमोर्चा भएको र निर्वाचनका मुख्य शक्ति बाहेकको शक्तिको नेतृत्वमा सरकार गठन गरेर जानेबारेमा राजमोले प्रयत्न गरेको भए शायद नेतृत्वको नियत अधिभूतवादी व्याख्या गर्दै गण्डकी प्रदेशलाई सौदाबाजी गरेर केन्द्रीय सरकार वा चुनावी गणितमा निश्चित व्यक्तिको फाइदाको लागि पार्टी लागेको छैन भन्नेमा विश्वास रहन्थ्यो कि रु यो केवल संभावनाको कुरा हो र पनि घटनाक्रम अघि बढी सकेकोले यो पनि एक प्रकारको अधिभूतवाद नै हो । कार्यकर्तामा समेत पार्टीको अधिभूतवादी चिन्तनको प्रतिविम्व पर्नु यसर्थ स्वाभाविक पनि हो ।

समाधान के तर ?
–पार्टीले आफ्नो स्वार्थ केन्द्रित अधिभूतवादी विश्लेषणलाई सच्याउने, आठौं महाधिवेशन कालमा र २०७२ को ओली सरकारमा जाँदा र २०७४ को निर्वाचनमा गरेका अधिभूतवादी विश्लेषणलई भौतिकवादी वैज्ञानिक दृष्टिकोणले विस्थापन गर्ने ।

– सोही अधिभूतवादी चिन्तनका आधारमा कार्यकर्तामाथि गरिएको दमन, अत्याचार र अनर्गल आरोप फिर्ता लिने, आलोचित हुने र उनीहरुलाई उचित जनवादी अधिकार प्रदान गर्ने ।

–पार्टीलाई थप पारदर्शी, क्रान्तिकारी र उच्च छवि बहाल गर्न पार्टीको ढाँचालाई थप चुस्त बनाउने गरी जनवादी अधिकार प्रयोग गर्न सक्ने गरी पार्टीले पुनः विशेष अधिवेशनको तयारी गर्ने ।

यसरी पार्टीलाई पुनर्जिवित वा पुनर्गठित गर्न नसकेमा पार्टी अधिभूतवादी चिन्तनकै तुँवालोमा समाप्तीको दिशामा अगाडि बढ्ने देखिन्छ ।