
२६साउन, काठमाडौँ । बाँसको तामाको सुप तपाईले खानु भएको होला ? यो स्वादका हिसाबमा निकै मिठो हुन्छ । बासको तामा आलू, बोडीमा ग्रेवी वा सुपको रुपमा खानु भएको छ भने तपाईलाई यसको स्वाद थाहा हुन्छ ।
स्वादका हिसाबमा मात्र होइन स्वास्थ्यका हिसाबमा पनि तामा अत्यन्तै उपयोगी मानिन्छ । तर वाथ अथवा युरिक एसिडको समस्या छ भने तामा नखानुहोस् ।
बाँसको तामा खानुका फाइदा यस्ता छन् ।
- बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
- बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ।
- पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
- पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
- गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
- ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
- नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
- तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
- तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
- आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
- रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
- फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
- श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार