सपनाको शहरमा ढलेको शरीर

सपनाको शहरमा शरीर बलिदान भयो।
जब दुश्मनको गोली छातिमा लाग्यो
आमा सम्झिए अनि देशको माटो सम्झिए।
तिर्खाले प्याकप्याक हुँदा
पारी पाखाको धारा सम्झिए।
आमा तिमीले जो गरेर पकाएको आँटो सम्झिए 
बाले बनाएको जाँतो सम्झिए

गाउँभरी ऋण काडेर पठाएको थियौँ नि बा !
रातदिन किचकिच गर्ने ती साहुलाई सम्झिए।
कहिँकतै आफ्नै देशको घाट सम्झिए।
रगताम्यै भएको शरीर ढलेर भुइँमा लड्यो !
लड्छ कि भन्दै समाएको तिम्रो हात सम्झिए
बाले काँधमा राख्दै हुर्काएको सम्झिए।

मूर्त शरीर 
धेरै सपना सहित परदेसिएको थिए आमा !
सपनाको शहरमा मेरो रहर म सँगसँगै बिलाए।
आमा
फर्किदैछ छोरो बाकसमा !
नबोलाउ है आमा मलाई,
उडेको जहाज हेर्दै आकाशमा।
अब जीवितै आउँदैन आमा तिम्रो छोरा

नझारे आमा आशुका ढिका मेरो लास हेरेर र !
भाग्न नै नपाइ मारियो शरीर दुश्मनले घेरेर।
बाच्न त मन थियो नि आमा , सकिएन भाग्नलाई
भागेका कति दाजुभाइ पनि नसक्ने भए हिड्नलाई।
नरोए आमा सम्झिदै मलाई छाति नै पिटेर
मुटुको टुक्रा खोसियो भन्दै दैवलाई दोशेर।
सकिन आमा तिम्रो दूधको भारा तिर्नलाई
चाहेर पनि सक्दिनँ अब जीवित भई फिर्नलाई।
लास बोकी मलामी ताती निक्लिने बेला घाटैमा
अन्तिम पटक राखे है आमा तिम्रो काखैमा।

चिच्याउदै नछुनु है आमा चिसिएको शरीर
टाढा नलैजाऊ है आमा राखे तिम्रै वरिपरि।
मखमली फुल्दैछ,
मार्सिधान झुल्दैछ बहिनी आउनलाई
दाइको सास रोकियो लास भयो
शरीर बाकसमा आउनलाई ।
नझारे बा मलाई सम्झी आशुका धारा
मरेर गयो बुढेसकालको तिम्रो सहारा
सम्झिदै कति रुन्छौ नि आमा मेरै फोटो च्यापेर
फर्किन्न अब गइसके म संसारै त्यागेर।

आमा सरकारलाई भन्नु
ए सरकार
बनाइदे नेपालीलाई यहीँ राम्रो घरबार
बनाइदे देश नछोड्ने वातावरण
बनाइदे यही सपनाको शहर
आज लास भइ बाकसमा आँउदै छ
टुलुटुलु हेरेर नबस् सरकार

आमा
मेरो लास निकाल्न ढिला नगरे है
देशलाई सम्झिदै अस्ताएको छु।
आमा मेरो लासको बाकस खोलेर नचिच्याए है 
तिम्रो मुहार झलझली सम्झिएर निदाएको हुँ।

आमा बाबू भन्दै रोलिन्
बहिनी चिसो शरीर छोलिन्।
बा लडेको शरीर छरेरै अचेत होलान्
कोही त होलान्, माया गर्नेहरू छैटौँमा आइ रोलान्।

फेसबुक भरि श्रद्धाञ्जली दिनेको ताती होलान्
आफ्ना पनि नजिकै आइ रोलान्।
लासलाई बाले नै काँध लाउदैन घाट तिर लग्लान्
जति पाइला चालिन्छ उति आशुका धारा बग्लान्।
तयार पारिएको चिता माथि लास राखिएला

आमाको पुकार न छोप्नु  सुन्दै,
शरीर पुरै कपडाले ढाकिएला।
अन्तिममा सबैले दाउरा चडाउलान्
भोलि पल्टबाट मेरो नाम लिनै डराउलान्।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस