
शिक्षाले मानिसलाई नैतिकवान र बलवान बनाउँछ । तर करिब एक दशक जति केही सुधारात्मक बाटो पहिल्याउन खोजेको शिक्षा पछिल्ला दिनमा निकै विकृति र नाफामा चलिरहेको छ ।
किनकी स्नातकोत्तर गरेका धेरै बेरोजगार भएर देशलाई धिक्कार्दै राहदानी बनाउन धाइरहेका छन् । सरकारले प्रत्येक वर्ष विज्ञापन गर्ने शिक्षक सेवा आयोगमा गणित र विज्ञानका दरबन्दीहरुमा प्रयाप्त निवेदन नपरेको समाचार सुनिन्छ । अन्य विषयमा पनि प्रतिस्पर्धा कम हुन थालेको छ । नेपाली समाजको वस्तु स्थिति के हो भन्ने प्रश्न आउँछ । वास्तमा भन्नुपर्ने हो भने, नेपालको शिक्षा नेपाली भूगोल र रहनसहनसँग मेल खानेखालको छैन ।
नेपाली शिक्षा नाफामूलक छ । व्यवसाय मूलक छैन । शैक्षिक जनशक्ति उत्पादन गर्छ । तर त्यसले भूगोल र समाज चिन्दैन । नेपाली शिक्षाले आफ्नो पहिचान चिन्दैन, मात्र उसले पैसा चिन्छ ।
हाम्रो शिक्षाले पैसाका लागि आफूलाई जे गर्न पनि मन्जुर गराउँछ । पढ्दैजाँदा उस्ले कि आफूलाई बेच्छ, कि सिद्धान्तहिन राजनीतिको झोले कार्यकर्ता भएर संघसंस्था तथा सरकारी कर्मचारी हुन चाहन्छ । नेपालको शिक्षाले व्यक्तिमा माटो चिन्ने र पसिनाको मूल्यबाट स्वदेशमा बसेरै पैसा साट्न सकिन्छ भन्ने हिक्मतिलो बन्न दिदैन ।
यो शिक्षाले माटो र हावा पानी चिन्ने ज्ञान दिन नसक्नु नै शिक्षा नाफामूलकमा जानुको कारण हो । दक्ष जनशक्तिले देश बनाउछ । तर अर्धदक्ष जनशक्तिले हातमा केही सीप हाँसिल गर्दैन । जसको एउटा क्याम्पसमा मुस्किलले पाएको सर्टिपिकेट हुन्छ । उसको आफ्नो ज्ञान हुदैन । देशको परिस्थिति सुधार गर्न केही गर्ने तागत पनि हँुदैन ।
निजी शिक्षाको भेल आउनु यसैको परिदृश्य हो । सहरका चोक चोकमा बेरोजगार लुट्ने इन्सिच्युटहरु खुलेका छन् । तिनीहरुले विभिन्न रङ्गिचङ्गि सपनाहरु बुनेर बेरोजगारीलाई देश छोड्न बाध्य बनाएका छन् ।
काठमाडौँका म्यानपावर कम्पनीहरुले पनि विभिन्न देशमा जाने र धेरै पैसा कमाउने सपनाहरु बुनाएर युवा बेच्दैछन् । हाम्रो शिक्षाले देशमा बसेर सानो काम गरेर सानो कमाईबाट पनि आफ्नो खुशी परिवारमा बाँड्ने चेतना दिन सक्दैनन् । नेपालका विद्यालय र विश्वविद्यालयमा पनि त्यस्तो जनशक्ति उत्पादन गर्ने संरचना छैन ।
नेपालको शिक्षा पद्दतिले वि।सं।२०२८ सालमा पञ्चायकालीन सत्ताको रोहबरमा बनेको ऐन नियमावली अनुसार अहिलेसम्म काम चलाउँदै आएको छ । आजको फेरिएको परिवेश र प्रविधिले विश्वलाई एउटा पानामा देखाउन सक्ने भई सकेको छ । तर हाम्रो शिक्षा नितिले फेरिएको परिवेश र प्रविधिलाई बाँध्न सक्दैन ।
शिक्षाका सबै संयन्त्रहरु राज्यको नियन्त्रणमा रहेर शिक्षालाई गैरनाफामूलक बताएको छ । बढ्दो विदेशीमोह र छाडा छोडिएको शिक्षाले नेपाली समाजमा नैतिक शिक्षाको कमी छ । राज्यले यस्ता कुरामा बेखबर हुनुहुदैन ।
गैरनाफामूलक विभिन्न संघसंस्थाले दिने अर्ध चेतनामूलक कार्यक्रमले यी कुराहरुलाई अझ मलजल गरेका छन् । विभिन्न संघसंस्थाहरुले विदेशी सहयोगीदाताहरुको पैसालाई नेपाल सरकारको साझेदारीमा खर्च गर्न निकै अपरिपक्व कर्मचारीहरुलाई औपचारिक्ताका लागि खटाउँछन् । उनिहरु पढ्न नसकेका तर राजनितिक दलका कार्यक्रकर्ता हुन्छन् । उनिहरुलाई समाजको चिन्ता भन्दा, पैसा कमाउने चिन्ता हुन्छ ।
कार्यक्रमका नेतृत्वलाई विदेशी सहयोगी संस्थालाई खुशी पारेर पैसा तान्ने हुन्छ । विदेशीहरुलाई विभिन्न कार्यक्रमबाट नेपालको मानव अधिकार र देशको संस्कृतिमा खेलेर अस्थिरता ल्याउने मन्द योजना हुन्छ । यस्ता खाले परिपाटी हुनुमा देशको शिक्षा नियन्त्रण बाहिर हुनु हो । आज शिक्षा कुनै महत्वको विषय छैन । खाली उमेर नपुग्दासम्म सक्नेले महङ्गा–महङ्गा निजी विद्यालयमा पठायो । नसक्नेले गाउँकै सामुदायिकमा पठायो ।
सन्तानले के सिक्दै छ रु उसको चाहना के छ रु भोलि उसको रोजाई के हुन्छ रु सामाजिक छ कि छैन रु कुनै अभिभावकलाई चासोको विषय हुँदैन । निजीमा पढेकोले पहिलो हुनु प¥यो । सामुदायिकमा पढ्ने भए भयो । जेजसरी हुन्छ उसले एउटा सर्टिफिकेट ल्याउन प¥यो । जसरी भए पनि पैसा कमाउने हो । यसका लागि उसलाई नैतिक शिक्षा कुनै पनि विद्यालयले सिकाउँदैन ।
यसरी कलिला बालबालिकालाई देश चिन्न नसकेर विदेश चिन्न सिकाउने अपराधी को हो रु राज्य किन बेखबर छ रु अनुशासन, इमान र जमान सिकाउन नसक्ने शिक्षक र विद्यालय सञ्चालकहरुले समाज बिखन्डित बनाउँदै छन् ।
सामुदायिक विद्यालयहरु राज्यको नियन्त्रणमा रहनु पर्छ । निश्चित नीति नियममा रहेर समाज सेवामा समर्पित विद्यार्थी उत्पादन गर्न प्रयास नगर्ने विद्यालय किन खोल्नु प¥यो रु आखिर पढेर पनि श्रम बेच्ने, नपढे पनि विदेशमा श्रम बेच्नेले किन पढ्नु प¥यो ।
देशमा काम नलाग्ने जनशक्ति उत्पादन हुनु भन्दा उत्पादन नै नभए ठीक हुन्छ । डाक्टर, इन्जिनियर पढ्न महङ्गो छ । पढेर देशमा ऋण तिर्न नसकेर कमाउन विदेशी भूमिमा जानैपर्छ । दक्ष जनशक्तिले मात्र देशमा उत्पादन गर्नसक्छ । उत्पादन भयो भने देशको रकम बाहिर जाँदैन । चामल, दाल, मासु, माछा, अन्डा, दूध र तरकारी ९प्याज, टमाटर, लसुन, आलु० प्रयाप्त उत्पादन गर्न सकियो भने पनि पैसा बाहिर जादैन ।