नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड —१९) संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । उदयपुरमा भेटिएका संक्रमित सबै पुरुष हुन् । उनीहरु मध्ये केही भारतीय नागरिक हुन् । संक्रमितहरु उदयपुर नगरपालिका—३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो । सुरुका¥यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस