लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर

१.  ग्रिक भाषामा सूर्यलाई के भनिन्छ ?

– हेलिअस

२. सबैभन्दा पहिले पृथ्वी गोलो छ भनि पत्ता लगाउने को हुन?

– पाइथागोरस

३. नेपालको राजधानी शहर काठमाडौँ रहने भनि नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?

–  धारा २८८

४.  मानिस जस्तै रुने जनावर भालु हो भने मानिस जस्तै हाँस्ने जनावर कुन हो?

–  हाइना (हूँडार)

५. विश्वमा धार्मिक स्वतन्त्रता पाउने र संविधान सभाबाट संविधान जारी गर्ने विश्वको पहिलो देश कुन हो ?

– फ्रान्स

६.  मल्लकालिन समयमा जिल्लालाई के भनेर चिनिन्थ्यो ?

–  विषय

७.नेपालको इतिहासमा राजदरबार हत्याकाण्ड कहिले भएको थियो ?

–  वि.सं. २०५८ जेठ १९

८. तामाङहरुको बसोबास भएको क्षेत्रलाई ताम्सालिङ भनिन्छ भने मगरहरुको बसोबास क्षेत्रलाई के भनिन्छ ?

– १२ र १८ मगरात

९. हाडनातामा विवाह गर्ने र न्वारण नगर्ने जाति हुन हो ?

– राउटे

१०. नेपालको पहिलो पर्यटक भनेर कसलाई चिनिन्छ ?

– सम्राट अशोक

११. मानिसको शरीरमा केको कमि भयो भने निलोपना देखिन्छ ?

– अक्सिजन

१२. विश्व वन्यजन्तु कोषले विश्वव्यापि रुपमा वन्यजन्तु संरक्षणका लागि चालेको अभियानलाई के भनिन्छ ?

– Gift to the Earth

१३.  भुटान पुग्ने पहिलो नेपाली प्रधानमन्त्री को हुन ?

– सूर्यबहादुर थापा

१४. दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा भएको संवाद नेपाल- अमेरीका ”ल्याण्ड फोर्स टक” काठमाडौँमा कहिले भएको थियो ?

– वि. सं. २०७९ चैत्र १३ देखि१ १५

१५. नेपालमा पहिलो पटक पेपरलेस मन्त्रिपरिषद बैठक कहिले आयोजना गरिएको थियो ?

– वि.सं. २०७५ श्रावण १०

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस